के तपाई आफ्नो पैसा बचत गर्न निश्चित समयावधिमा निर्धारित रकमको नियमित भुक्तानी गरेर लगानीमा उच्च प्रतिफल कमाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने आजैदेखि बैंकमा रिकरिङ डिपोजिट (Recurring Deposit) खाता खोल्नुहोस् र निरन्तर र सहज रुपमा बचत गर्नुहोस् ।
रिकरिङ डिपोजिट खातालाई बजारको उतार चढाबले कुनैपनि किसिमको असर गर्दैन । यो खाता तुलनात्मक रुपमा जोखिममुक्त हुन्छ । स्थिर आम्दानी भएका नियमित बचतकर्ताहरु, अल्पकालिन देखी दीर्घकालिन योजना खोज्नेहरु, व्यापार घाटाबाट टाढा रहने व्यक्ति, लगानी शुरुवातकर्ताहरुका लागि रिकरिङ डिपोजिट खाता उत्कृष्ट हुनेछ ।
रिकरिङ डिपोजिटको बारेमा हामीले यस अघिका ब्लगहरुमा चर्चा गरिसकेका छौँ । उक्त ब्लगमा हामीले यस खाताले कसरी काम गर्छ ? यसका फाइदा के कस्ता छन् भन्ने बारेमा विस्तृत रुपमा जानकारी दिइसकेका छौँ ।
आजको ब्लगमा भने हामी तपाईहरुलाई आरडी खाता कसरी खोलिन्छ ? यसका लागि आवश्यक पर्ने प्रकृया के के हो भन्ने बारेमा विस्तृत रुपमा जानकारी दिने छौँ ।
सामान्यतया रिकरिङ डिपोजिट खाता दुई तरिकाले खोल्न सकिन्छ :
• बैंक शाखामा उपस्थित भएर
• अनलाइन द्धारा
यदि तपाई बैंक शाखामा गएर रिकरिङ डिपोजिट खाता खोल्न चाहनुहुन्छ भने तपाईले निम्न लिखित प्रकृयाहरु पार गरेको हुनु पर्नेछ ।
१. आफ्नो सामान्य बचत खाता भएको स्थानीय बैंक शाखामा जाने ।
२. बैंकबाट आवेदन फारम प्राप्त गरी उक्त फारम भर्ने ।
३. उक्त फारमको आधारमा बैंकले सामान्य खातामा भएको पैसालाई आरडी एकाउन्टमा ट्रान्सफर गर्छ । त्यसका लागि आवश्यक पर्ने रकम खाता खोले पछि उक्त खातामा पहिलो मासिक किस्ताको भुक्तानी चेक वा नगद मार्फत गर्न सकिन्छ ।
४. यति गरिसकेपछि तपाईले दर्ता गर्नु भएको मोबाइल नम्बर वा इमेलमा बैंकले मेसेज पठाउनेछ ।
अन्यथा, निम्न लिखित प्रकृया अपनाएर तपाईले घर वा अफिसमै बसेर अनलाइन प्रणाली मार्फत रिकरिङ डिपोजिट खाता खोल्न सक्नुहुनेछ ।
अनलाइन प्रणाली मार्फत रिकरिङ डिपोजिट खाता खोल्ने प्रकिृया :
१. इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ मार्फत यूजर आइडी र पासर्वड प्रयोग गरेर आफ्नो खातामा लगइन गर्नपर्छ ।
२. (RD) खाता खोल्ने विकल्पमा क्लिक गर्नुपर्छ । (यदि उक्त विकल्प स्क्रिनमा नदेखिएमा सर्च बारमा सर्च गर्नुहोस् । )
३. त्यसपछि तपाईको मोबाइलको स्क्रिनमा आरडी फारम खुलेर आउँने छ ।
४. उक्त फरममा भित्र मासिक रुपमा रकम भुक्तानी गरिने सामान्य खाताको खाता नम्बर लेख्ने, हकदार (Nominee) को नाम उल्लेख गर्ने, जम्मा गरिने मासिक रकम र परिपक्वता अवधि चयन गर्ने,
५. आफ्नो विरणहरु प्रमाणित गरिसकेपछि सबमिट बटनमा क्लिक गर्ने ।
६. इति गरेपछि तोकिएको मासिक किस्ता रकम खाताबाट काटिनेछ र दर्ता गरिएको इमेलमा रकम काटिएको रसिदको साथै मेल पठाईनेछ ।
स्मरण रहोस्, नेपालका केही बैंकहरुले मात्र अनलाइन प्रणाली मार्फत रिकरिङ डिपोजिट खाता खोल्ने सुविधा प्रदान गर्दै आएका छन् । तपाईहरुले पनि आफ्नो समयको बचत गर्न, दक्षता, पारदर्शिता र छिटो स्वीकृति प्रक्रियाका लागि यो सुविधाको उपभोग गरी आजै अनलाइन (RD) खाता खोल्न सक्नुहुनेछ ।
सरल बैंकिङ सेवाले तपाईलाई रिकरिङ डिपोजिट खाता खोल्न कसरी मद्दत गर्छ ?
सरल बैंकिङ सेवाले तपाईंलाई तुलनात्मक रुपमा ब्याज दर सहितको उपयुक्त रिकरिङ डिपोजिट खाता छनोट गर्न सक्षम बनाउँछ । बैंकहरुद्धारा प्रदान गरिने विभिन्न किसिमका कर्जाहरु, ब्याज दरहरु, सुविधाहरु र फाईदाहरु तुलना गर्न अनुमति दिन्छ । साथै हामी तपाईंलाई खाता खोल्ने प्रक्रियाको लागि बैंकहरूसँग सम्पर्क गराउन मद्दत गर्छौं । थप जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।
हाम्रो सम्पर्क नम्बरः
फोनः ९७७–०१–५२६९१०७
व्हाट्सएप: ९८५१३६११०७
Sign up to discover Saral Banking Sewa