बैंकिङ प्रविधिको विकाससँगै मानिसका आवश्यकताहरुलाई मध्यनजर गरेर बैंकहरुले विभिन्न प्रकारका बचत खाता उपलब्ध गराएका छन् । बैंकहरुले १८ वर्ष मुनिका बालबालिकाहरुलाई सुरु देखी नै आर्थिक बचत गर्ने बानी बसाल्न संचालनमा ल्याएको खातालाई बाल बचत खाता भनिन्छ । यस खाताको मुख्य उद्देश्य बालबालिकालाई बचत गर्न प्रोत्साहन गर्न र उनीहरुलाई सानै उमेर देखी वित्तीय जिम्मेवारी सिकाउन मद्दत गर्नु हो । यो खाता सामान्यतया बच्चाको अभिभावक द्धारा खोलिन्छ र व्यवस्थापन गरिन्छ । बाल बचत खाता खोल्दा बैंकले प्रदान गर्ने विभिन्न अफरहरु अन्य नियमित खाताहरुको तुलनामा फरक हुन्छ ।
यस बचत योजनामा तपाईले हरेक महिना बचतको केही भाग आफ्नो बच्चाको सुनौलो भविष्यका लागि जम्मा गर्न सक्नुहुनेछ । बालबालिकाहरूले भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट तथा अन्य लक्ष्य लिँदा सोहीबमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चलाई मध्यनजर गरेर आजैदेखि योजनावद्ध तवरले बचत गर्ने बानीको बिकास गर्न सक्नुहुनेछ ।
प्रत्येक ३ महिनामा यस खातामा ब्याज पाउन सकिन्छ । तपाईको बच्चा बालिग नभए सम्म खातामा प्राप्त हुने ब्याज निकाल्नु भएन भने उक्त ब्याजले पनि ब्याज कमाइरहने भएकोले यो योजना तपाईको बालबालिकाहरुका लागि अत्यन्तै लाभदायक हुनेछ । खातावालाको उमेर १८ वर्ष पुरा भई स्वयम नागरिकता लिएर सम्बन्धित बैंक शाखामा उपस्थित भएपछि यो खाता स्वतः साधारण खातामा परिवर्तन गरिनेछ अथवा बैंकले उक्त खाता बन्द गरी खातावालाको इच्छा अनुसारको खातामा परिवर्तन गरि दिनेछ ।
यो खाता खोल्नु अगाडी उचित अनुसन्धान, मूल्याङ्कन, प्रदान गरिने ब्याज दर र अन्य सुविधाहरूको आधारमा तपाइँको बच्चाको आवश्यकता अनुसार उपयुक्त बैंक छनोट गर्न आवश्यक हुन्छ । बाल बचत खाता खोल्नको लागि तपाईले बैंकको वेबसाइट वा नजिकको बैंक शाखामा गएर आवेदन दिन सक्नुहुनेछ । त्यसपछि आवेदन प्रकृया पुरा गर्न चाहिने आवश्यक सहयोगी कागजातहरु बैंकलाई पेश गर्नुपर्ने हुन्छ । जुन यसप्रकार रहेका छन्ः
बाल बचत खाता खोल्नुका विभिन्न फाइदाहरु
सरल बैंकिङ सेवाले तपाईलाई बाल बचत खाता खोल्न कसरी मद्दत गर्नेछ ।
सरल बैंकिङ्ग सेवाले तपाईंलाई तुलनात्मक रुपमा ब्याज दर सहितको उपयुक्त बाल बचत खाता छनोट गर्न सक्षम बनाउँनेछ । साथै हामी तपाईंलाई खाता खोल्ने प्रक्रियाको लागि बैंकहरूसँग सम्पर्क गराउन मद्दत गर्छौं । थप जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन, व्हाट्सएप, भाइबर, फेसबुक, मेसेन्जर र इमेल जस्ता डिजिटल टच पोइन्ट मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।
हाम्रो सम्पर्क नम्बरः
फोनः ९७७–०१–५२६९१०७
व्हाट्सएपः ९८५१३६११०७




Sign up to discover Saral Banking Sewa