बैंकमा खाता खोल्दै हुनहुन्छ?, कर्जा लिंदै हुनहुन्छ? वा बैंकसंग सम्बन्धित अन्य कुनै पनि काम गर्दै हुनहुन्छ भने अबदेखि नागरिकताको सट्टामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। यो निर्णय गृह मन्त्रालयले राजपत्र मार्फत सूचना प्रकाशित गर्दै माघ १ गते देखि बैंकमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
बैंक तथा वित्तिय संस्थामा अहिले सम्पूर्ण बैंकका ग्राहकहरुले नागरकिताको आधारमा खाता संचालन, पैसाको कारोबार (रेमिट लगायत अन्य), र कागजात एवं धितो प्रक्रियाको लागि प्रयोग हुँदै आएको छ। तर, अब राष्ट्रिय परिचयपत्रलाई सबै सरकारी निकायमा कार्यान्वयनमा ल्याउने उद्देश्यले बैंकिङ्ग कारोबारमा पनि अनिवार्य गरिएको गृह मन्त्रालयको भनाई छ।
हालै यहि असार १० मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णयहरु सम्बोधन गरेर गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको छ। जस अन्तरगत अब सरकारी निकाय, संस्था तथा निजी क्षेत्रहरुबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न सक्ने छन्।
कार्यान्वयनका विषयमा भने सम्पूर्ण सरकारी निकाय, संस्था तथा निजी क्षेत्रहरुबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा भने अहिले नै साउन १ गते देखि लागु हुनेछैनन्। क्रमवद्ध रुपमा निम्न जिल्लाबाट निम्न सेवाहरु सुचारु हुने सरकारले जनाएको छ।
सेवा | लागु हुने जिल्ला | लागु हुने मिति |
क.) सामाजिक सुरक्षा सम्बन्धी, ख.) स्वास्थ्य बीमा सम्बन्धी र ग.) निवृत्तिभरण सम्बन्धी
| २८ जिल्ला - झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर | २०८१/०४/०१ |
| ३८ जिल्ला- ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, ओखलढुङ्गा, खोटाङ, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, लमजुङ्ग, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, पाल्पा, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, सल्यान, रुकुम (पश्चिम भाग), जाजरकोट, दैलख, जुम्ला, अछाम, डोटी, डडेल्धुरा, बैतडी | २०८१/१०/०१ | |
| ११ जिल्ला - सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, कालिकोट, मुगु. हुम्ला, डोल्पा, बझाङ, बाजुरा, दार्चुला | २०८२/०४/०१ | |
घ.) राजस्व सम्बन्धी, ङ.) सवारी चालक अनुमति पत्र (लाइसेन्स) र च.) कम्पनी दर्ता तथा नविकरण सम्बन्धी | देशभरमा | २०८१/०४/०१ |
छ.) बैकिङ तथा वित्तीय सेवा सम्बन्धी, ज.) टेलिफोन तथा सिमकार्ड सम्बन्धी, झ.) सामाजिक सुरक्षा कोष सम्बन्धी, र ञ.) घरजग्गा किनबेच सम्बन्धी | २०८१/१०/०१ | |
Note :बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा नब्बे वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्र नभए तापनि सेवा लिन बाधा पर्ने छैन | ||
बैंकसंग सम्बन्धित सम्पूर्ण न्युज, अपडेट, जानकारी वा सेवाको लागि तपाईंको एउटा भरपर्दो साथी सरल बैंकिङ्ग सेवाको साथमा सजिलै उत्कृष्ट बैंकिङ्ग सेवाहरुको आनन्द प्राप्त गर्न आजै यो लिंक क्लिक गर्नुहोस् अथवा हामीलाई निम्न मध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ।
कल(Call) : 01-5269107 / 9801261107
इमेल (Email): info@saralbankingsewa.com
Sign up to discover Saral Banking Sewa